Pages

Saturday, July 10, 2010

आमाका शब्दलाई स्वर


 सानैदेखि उनी गाउँथिन् । गायिकै बन्छु भन्ने चाहिँ सोचेकी थिइनन् । यतिबेला भने १९ बर्षीया प्रसंशाले आमा प्रतिमा श्रेष्ठका शब्दमा स्वर भरेकी छन् । हालैको उनको पहिलो एल्बम 'प्रसंशाः द म्युजिकल जर्नी' बजारमा आएको छ ।
एल्बममा प्रशंसाले विविध स्वाद पस्किने प्रयास गरेकी छन् । पप, मेलोडी पप, डान्स नम्बर, स्लो नम्बरदेखि सेलो र राष्ट्रिय गीतसम्म । 'लार्ज अडियन्स -व्यापक श्रोता) लाई समाउन खोजेकी,' हालैको भेटघाटमा प्रशंसाले भनिन्, 'सुन्नेले पनि एकैपटक धेरै स्वादको सुन्न पाइयो नि ।



छोरीको आकांक्षा समेट्ने गरी एल्बमका लागि प्रतिमाले शब्द कोरेकी छन् । गीतिसंग्रह र एल्बम गरी झन्डै आधा दर्जन कृति ल्याइसकेकी प्रतिमाका सयजति गीत संगीतबद्ध भइसकेका छन् । 'आमाकै कारण म गायिका बनेँ,' प्रशंसाले भनिन्, 'अहिले संगीता प्रधान रानाज्यूसँग क्लासिकल भोकल सिक्दै छु ।'

पाटनमा जन्मीहुर्केकी प्रशंसा पत्रकारितामा स्नातक पढ्दै छिन् । गायन करिअरको कुरा गर्दा उनले रोचक प्रसंग सुनाइन् । 'डेढ वर्षअघि एउटा मिडिया अर्गनाइजेसनमा आवेदन दिँदा सोचेअनुरुप भएन र म प|mस्ट्रेट भएँ,' उनले भनिन्, 'मेरो हालत देखेपछि मम्मीले 'मिडियाको पछि लाग्ने हैन, मिडियालाई पछि लाउने बनाउनुपर्छ' भन्दै सान्त्वनाका लागि गीत लेखिदिनुभयो, मैले गाएँ ।'
'सातो जान्छ...' बोलको त्यही सिर्जना उनको पहिलो रेकर्डेड गीत थियो । त्यसपछि हौसिएकी उनले ९ वटा गीत रेकर्ड गराइन् र एल्बम निकालिन् । उनलाई संगीतमा सुरेश अधिकारी, न्ह्यु बज्राचार्य, सचिन सिंह, सत्य-स्वरूप, शान्तिराम राई, बिजु बज्र र खेमराज गुरुङले सघाएका छन् । 'अब गायनमै करिअर बनाउँछु,' प्रशंसाले भनिन्, 'पत्रकारिता पनि छँदै छ ।'

No comments:

Post a Comment

Please, comment below if you have anything to share about this article or even to tell us something regarding SangeetSansar.com and its services. You can follow us on Twitter @SangeetSansar or on Facebook at http://fb.me/sangeetsansar