Subscribe:

Wednesday, August 3, 2011

Aruna Lama’s Songs Lyrics

गीत: पोहोर साल…..
गायिका: अरुणा लामा



* [पोहोर साल खुशी फाट्दा, जतन गरि मनले टाले
तेही साल माया फाट्यो, तेस्लाई पनि मनले टाले
यसपाली त मनै फाट्यो, के ले सिउने के ले टाल्ने हो ]-२

सास फेरे जस्तो लाग्छ, तर भन्छन् मरी सके
मेरो भाग्य यतिनै, भोगचलन गरि सके
सलाहा को मन मेरो, बच्ने ठेगान छैन
भाग्य फाटे जोड्थे बरु, तर सिउने के ले हो
सुख के हो दुख के हो, मन ले खोज्ने खुशी के हो
भावीले निधार मा कर्म लेखिदिने, मसि के हो
कर्म लेख्ने मसि के हो, भाग्य ठोक्ने मसि के हो
कर्म फुटे जोड्थे बरु, तर मन जोड्ने के ले हो

Repeat *….



गीत: भेटिनु छुट्नु …..
गायिका: अरुणा लामा



*[भेटिनु छुट्नु त के हो र, संसारको रीत हो
नसम्झ तिमी त्यो मेरो बिदाको गीत हो ]-२

नदिनु त कसैको, जब अन्तै छ मन भने –२
न बढ्नु धोको कामना, पापी रहेछ मन भने
मेरो चोखो प्रेम समाउनु नै त, तिम्रो जीत हो
नसम्झ तिमी त्यो, मेरो बिदाको गीत हो

याद छैन खुशी त केवल म रुन्छु बेस्सरी –२
सम्पूर्ण आफु आफु नै,  म हुन्छु त्यस घडी
मेरो लागी यस्ता आँसु नै, जीवन अमृत हो
नसम्झ तिमी त्यो, मेरो बिदाको गीत हो
मेरो लागी यस्ता आँशु नै, जीवन अमृत हो

Repeat * ….

गीत: फुललाई सोधेँ  …..
गायिका: अरुणा लामा

फुललाई सोधेँ कहाँ गयो कता गयो भँमरा -२
लजाएर फुलले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले

वनलाई सोधेँ कहाँ भाग्यो बादल -२
सुसाएर वनले भन्यो कहाँ गयो कता लाग्यो
मेरो तन रुझाएर पानीले बैमानीले
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले

गोरेटोलाई मैले सोधेँ कहाँ गयो बटुवा -२
समाएर उसले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले

खोला भन्छ निर्मोहीको त्यो मोहले नै गर्दा
बैँस गयो उमेर गयो खोजि हिँड्नुपर्दा
भेट्छु होला त्यो निष्ठुरीलाई त्यो घुम्तिनिर भिन
खोजी हिँड्छ अभागी त्यो बतासले पिन
कठै बरा कसलाई होला बुझ्नै सकिन मैले
वितयोग यहाँ फर्केको अझ छैन फर्केको

फुललाई सोधेँ कहाँ गयो कता गयो भँमरा -२
लजाएर फुलले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले -२

No comments:

Post a Comment

Please, comment below if you have anything to share about this article or even to tell us something regarding SangeetSansar.com and its services. You can follow us on Twitter @SangeetSansar or on Facebook at http://fb.me/sangeetsansar

Related Posts Plugin for WordPress, Blogger...
 
Web Analytics